काठमाडौं । हुस्सुका कारण बिमानस्थल नखुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थल खुले पनि तराई र अरु क्षेत्रका बिमानस्थल नखुलेका कारण उडान प्रभावित भएको हो ।
बिमानस्थल नखुलेको कारण लुक्लाको सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।
काठमाडौमाट हुने उडान धेरै गन्तव्यमा नहुँदा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड बढेको छ ।
बिहान १०ः१५ बजेसम्म पनि काठमाडौंबाट भद्रपुर, भरपुर र केही माउन्टेन फ्लाइट मात्रै भएको छ ।