पोखरा । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन ।
पार्टीले उनलाई सर्वसम्मत्रुपमा दलको नेता बनाउने निर्णय गरेको हो ।
दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिबारदेखि जारी थियो।
कृष्णप्रसाद धितालले पनि दावी रहेपछि शनिबार टुंगो लाग्न सकेको थिएन। उनले दावी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भए ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन् ।