काठमाडौं । नेपालमै पहिलो पटक जनवरी १ देखि सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ ।
आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो ।
यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आजदेखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो ।
नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए ।
उनका अनुसार अबको केही दिन पछि मात्रै फाइभजी ट्रायल सुरु गरिनेछ ।