Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मकवानपुरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

हेटौँडा । मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक भएको पिकअप गाडी दुर्घटनामा बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका राहुलकुमार पण्डितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थानका अजय चौरसिया,भारत झारखण्ड बस्ने वर्ष ३६ को विजय दास, वीरगन्ज महानगरपालिका १७ बस्ने वर्ष १८ को सुमित गुप्ता, सोही स्थानका वर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ मुसरहवा बस्ने शिवजी साह, धिरज चौरसियापप्पु कुमार गुप्ता र उमेश कुस्वाह गरी ९ जना घाइते भएका छन् ।

उनीहरूको हेटौँडाको विभिन्न स्थानमा उपचार भइरहेको छ । पिकअप चालक भने सम्पर्कमा नरहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077