Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो। पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन।

ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन्। अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077