Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

शपथसँगै सांसदहरुलाई झोला र लोगोसमेत प्रदान गरिएको छ। लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ।

त्यस्तै लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार सुरु हुने भएको छ ।

हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077