Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

    निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 753
    SHARES

    काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।

    रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।



    बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ ।



    निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार