Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चोरीडकैती गर्ने ‘भारतीय गिरोह’ सार्वजनिक, ७ राउण्ड गोली र पेस्तोल बरामद

कञ्चनपुर । कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित पक्राउ परेका तीनजना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

शनिबार भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलीलाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरुको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077