काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । जसरकारण देशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नम्बर–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने भएपछि एक सातासम्म चिसो बढ्ने महाशाखालले जनाएको छ । चिसोका कारण विभिन्न समस्या आउनसक्ने भन्दै त्यसबाट जोगिन आग्रह गरेको छ ।