Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी व्यक्ति चिन्नेलाई अख्तियारले ५० हजार पुरस्कार दिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्तिको तस्विर सार्वजनिक गरेको छ ।

अनुसन्धानमा सघाउ पुर्याउन भन्दै अख्तियारले सिसीटिभीमा कैद भएको एक पुरुषको तस्विर सार्वजनिक गरेको हो ।

सार्वजनिक तस्विरका व्यक्तिलाई चिन्ने वा देख्नेले उल्लेखित नम्बरहरुमा सम्पर्क गरेर जानकारी दिए ५० हजार पुरस्कार दिनेसमेत अख्तियारले घोषणा गरेको छ ।

अख्तियार अनुसन्धान आयोग ऐन २०४८ दफा ३५ (क) बमोजिम व्यक्ति पहिचान गर्नका लागि उक्त रणनीति अपनाएको हो । सम्पर्क गर्ने व्यक्तिको नाम गोप्य राखिने पनि अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077