Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य यथावत् रहेको छ।

सोमबार सुनको कारोबार अघिल्लो दिन आइतबारकै दररेटमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । हिजो पनि उक्त सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077