Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको योजनाको विरोधमा आन्दोलन

काठमाडौं । खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयबासी र संरक्षण अभियान्ताहरु आन्दोलित भएका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीयले आज सोमबार काठमाडौं महानगरपालिका महानगरपालिको गेटमा धर्ना दिन पुगेका हुन् ।

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् । सोही अभियान अन्तर्गत  बिहान महानगरपालिका कार्यालय अगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो ।

महानगरले सवारी पार्किङको समस्या समाधानका लागि भन्दै खुलामञ्चमा पार्किङ बनाउन लागेको हो ।

तर, सवारी पार्किङको विकल्पको रूपमा खुलामञ्चलाई उपयोग गर्नु गलत रहेको अकुपाई टुँडिखेल अभियानको भनाइ छ ।

खुल्लामञ्च धेरैवटा गन्तव्य जाने मुख्य सडकहहरूको मध्य मागमा पर्छ ।

जहाँ पार्किङ गर्न सवारी छिर्दा र निस्कँदासमेत सवारी आवागमनमा ट्राफिक जाम अत्याधिक बढ्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077