काठमाडौं । उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् ।
प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन् ।
भौतिक तथा पूर्वाधार मन्त्रालयका एक कर्मचारीले मन्त्री श्रेष्ठ आइतबारदेखि नै आउन लागेको जानकारी दिए ।
आफूभन्दा माथिल्लाे वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका थिए ।
हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत पौडेलभन्दा श्रेष्ठ तीन तह माथि रहेका थिए ।