Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनी माओवादी केन्द्रको दलको नेतामा महरा सर्वसम्मत

बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।

सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

महरा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य हुन् भने रोल्पा १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि आकांक्षी थिए ।

तर माओवादीको लुम्बिनी प्रदेश कमिटीले महराको नाम प्रस्ताव गरेर सर्वसम्मत नेता चयन गर्न निर्देशन दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077