Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आकाशमा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किएका छन् ।

अस्ट्रेलियाको गोल्ड कोस्टनजिकै दिउँसो २ बजेतिर सो दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये एक महिला र दुई केटाहरु गम्भीर अवस्थामा रहेको बताइएको छ ।

अस्ट्रेलियन ट्रान्स्पोर्ट सेफ्टी ब्युरोले घटनाको अनुसन्धान गर्ने भएको छ । जसमध्ये एक उडान भर्दै थियो भने अर्को हेलिकोप्टर अवतरणको प्रयास गर्दै थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077