Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • खुकुरी प्रहारबाट घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु

    खुकुरी प्रहारबाट घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक जनामाथि खुकुरी प्रहार गरी हत्या भएको छ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको खुकुरी प्रहारबाट हत्या भएको हो ।

    खुकुरी प्रहारपछि गम्भीर घाइते भएका मुक्तिनाथको सोमबार बिहान काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जनाएको छ ।



    उनीमाथि गत शनिबार खुकुरी प्रहार भएको थियो । सोही ठाउँका छिमेकी ३० वर्षीय राजाराम रायमाझीले उनीसहित तीन जनामाथि खुकुरी प्रहार गरेका थिए ।



    सोही ठाउँका इश्वरी पौडेल र गंगा पौडेल घाइते छन् । प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा रायमाझीलाई पक्राउ गरेको छ ।

    उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ । घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार