Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विद्युतीय हाजिरीलाई कडाइ गर्ने उपप्रधानमन्त्री श्रेष्ठको निर्णय

काठमाडौं । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विद्युतीय हाजिरीलाई कडाइ गर्ने निर्णय गरेका छन् । कर्मचारी ढिलो कार्यालय आउने प्रचलन रोक्नका लागि मन्त्री नारायणकाजीले यस्तो निर्णय गरेका हुन् ।

उनले सोमबार नेकपा (माओवादी केन्द्र) निकटका पत्रकारको संगठन प्रेस सेन्टर नेपालका पदाधिकारीसँगको छलफलमा दैनिक १० मिनेट ढिला आउने कर्मचारीको हाजिर गयल गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको बताए ।

तर नियमितबाहेक कहिलेकाहीँ १० मिनेटसम्म ढिला आए कारण बताएर हाजिर सदर गर्ने उनको भनाई छ । उनले मन्त्रालय मातहतका सबै कर्मचारीको गुनासो सुन्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

मन्त्रालयका कार्यालय सहयोगीदेखि सवारी चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आव्हान गर्ने र उक्त बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077