Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

दूध लिन गएकी महिलाको हत्या, भाग्दै गरेको अवस्थामा भारतीय पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा एक महिलाको हत्या गरी फरार रहेका भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापाको हत्या गरी फरार रहेका सुशान्त सिंह पक्राउ परेका हुन् ।

उनलाई भाग्दै गरेको अवस्थामा शितगंगा नगरपालिका वडा नम्वर ११ को मुन्द्रीबासको जंगलबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

आइतबार बिहान साढे ५ बजे दुध लिनको लागि नजिकैको गाउँमा गएकी राधालाई भारतको गुडगाँव हरियाणा घर भई शितगंगा नगरपालिका १० को बखोरकी एक महिलासँग विवाह गरेका २३ वर्षीय सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कपिलवस्तुको चन्दौटाबाट कोही नबस्ने ससुरालीको घरमा आएर बसेको मृतक राधाले गहरगहना लगाएको देखेको र सोही अनुसार योजना बनाएर लागेको र सिद्वाराकै बखोरकै खोल्सामा पुगेकी ती महिलालाई ढुङ्गा र हँसियाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेदेखि १५ मिटर तल जंगलमा शव फाली गरगहना लगेर भागेको बताइएको छ । सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077