Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

खुकुरी प्रहार गर्ने तीन विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै तीनजना विद्यार्थीलाई निष्कासन गरेको छ ।

सोमबार क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले विज्ञप्ति जारी गर्दै कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई निष्कासन गरेका हुन् ।

उनीहरुले यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधि गरेको बताइएको छ ।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

उनीहरूलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसमक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077