Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

    चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 501
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ ।

    अर्थमन्त्री पौडेलले राजस्व संकलन लक्ष्य हासिल गर्न आफू मातहतमा रहेका सबै कार्यालय प्रमुखलाई आइतबार बोलाएर निर्देशन दिएका छन् ।



    उनले कर कानुनको परिपालन गरी गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नहुने गरी काम गर्न निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।



    यो वर्ष राजस्वले चालू खर्चसमेत धान्न नसकेपछि मन्त्रालयका अन्य अधिकारीहरु पनि दबाबमा छन् । राजस्व संकलनको वर्तमान अवस्था र तोकिए बमोजिमको राजस्व संकलन हासिल गर्न अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालय प्रमुख एवं कर्मचारीलाई छलफलमा बोलाएका थिए । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार