Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पेलेको आज अन्तिम संस्कार गरिँदै, श्रद्धाञ्जली दिन रंगशालामा हजारौंको भीड

    पेलेको आज अन्तिम संस्कार गरिँदै, श्रद्धाञ्जली दिन रंगशालामा हजारौंको भीड

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 549
    SHARES

    एजेन्सी । विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन् । साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको थियो।

    अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो ।



    रोयटर्सका अनुसार ३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरूले दुई घन्टाभन्दा बढी समय लाइन बसेर पेलेलाई श्रद्धाञ्जली दिएका थिए।



    पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार