Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड

    पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 444
    SHARES

    एजेन्सी । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ।

    अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ।



    उनलाई श्रद्धाञ्जली दिन त्यहाँ हजारौं मानिसको भीड लागेको छ। तीन पटक विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो।



    आज उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शवयात्रा गरिनेछ। पेलेको निधनपछि ब्राजिल सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।

    लामो समयदेखि क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय पेलेलाई किमोथेरापीले काम नगरेपछि इन्ड अफ लाइफ केयरमा सारिएको थियो।

    उनले सन् १९५८,१९६२ र १९७९ गरी तीनपटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए। पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए। यो हालसम्मकै कीर्तिमान हो।

    उनले आफ्नो व्यवसायिक करियरमा कूल १३६३ खेल खेलेका छन्। जसमा १२८१ गोल गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार