Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्रोन हमला गरेरै युक्रेनलाई सिध्याउने रूसको योजना रहेको जेलेन्स्कीको दाबी

एजेन्सी । आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमला थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेका हुन् ।

डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जाने गरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको छ । युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रुसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको जनाएको छ।

'हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ। अहिले हाम्रो आकाशको सुरक्षामा रहेका सबैजना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने समय हो,' किभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने ।

युक्रेनमाथि रुसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो क्रममा भइरहेको छ। मस्कोले पछिल्ला तीन रातमा युक्रेनभरि विभिन्न शहर तथा ऊर्जा केन्द्रमा हमला गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077