Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजपा अध्यक्ष प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

    आजपा अध्यक्ष प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टी (आजपा)लाई साथ दिने भएका छन् ।

    लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो ।



    मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताका रूपमा मानन्धर अब आजपामा संगठित रूपमा नै अगाडि बढ्ने आजपाले जनाएको छ ।



    २०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह सहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

    काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    साहले भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै चुनाव जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार