Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्ने बताएका छन्।

स्पिकर्स फोरम नेपालले आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै पौडेलले आफ्नो दिलले यस्तो बाटो देखाएको बताएका हुन्।

कार्यक्रममा पौडेलले भने, ‘धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो, त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ । राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ।’

अहिले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुलाई पार्टीको हातबाट सत्ता गयो भन्ने अर्थमा मात्रै आफूले नरहेको पौडेल बताउँछन् ।

पौडेलले एकातिर अर्थतन्त्र खतरनाक अवस्थामा रहेको र अर्कोतिर चीन र भारत हुँदै फेरि कोरोना नेपाल पस्न लागेको उल्लेख गरे ।

राजनीतिक तथा मानवीय समस्याले घेरिरहेका बेला देश जोगाउने एकमात्र उपाय राष्ट्रिय सहमति नै रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077