Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओस्कार अवार्डमा सिफारिस नीता ढुंगानाको फिल्म ‘पञ्चायत’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको नीता ढुंगाना अभिनित चलचित्र ‘पञ्चायत’ यतिबेला युट्युब ट्रेन्डिङमा छ ।

नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको यो चलचित्र पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।

सोमबार साँझसम्म चलचित्रले ८ लाख बढी भ्युज पाइसकेको छ । चलचित्र युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा छ ।

यो फिल्मले अमेरिकाको ‘सान फ्रान्सिस्को चलचित्र महोत्सव’मा विदेशी भाषातर्फको उत्कृष्ट फिल्म र अभिनेत्रीतर्फ अवार्ड जितेको थियो ।

फिल्ममा जाह्न्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी लगायतको समेत अभिनय छ ।

रवि अधिकारी कार्यकारी निर्माता र गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माता सुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् ।

बागलुङमा छायांकन गरिएको फिल्मले २०३१ सालतिर तत्कालीन पञ्चायतको न्याय र शासन प्रणालीको कारण कसरी महिलाहरु पीडित हुनुपर्थ्यो भन्ने कुरालाई चित्रण गर्छ ।

https://youtu.be/ew5jC5l2z-U

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077