Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाँचथरको फिदिममा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

    पाँचथरको फिदिममा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 852
    SHARES

    पाँचथर । पाँचथरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो । मृत्यु हुनेमा गुरुङकी बुहारी २३ वर्षीया आसाङसिंह थेवे र छोरी २२ वर्षकी ममता गुरुङको रहेका छन् ।



    आगलागीमा परेर ५५ वर्षका मेघबहादुर र ३५ वर्षका विजेन्द्र गुरुङ पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



    घरमा सात जना सुतिरहेका थिए । आगलागी भएपछि तीन जना भाग्न सफल भएका थिए । विद्युत सट हुँदा आगलागी भएको प्रहरीको अनुमान छ ।

    आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार