Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने

    पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 495
    SHARES

    काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो ।

    प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।



    सो समय आधार मान्दा १० पुससम्म सभामुख चयन गरिसक्नुपर्छ । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।



    त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ ।

    पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ । सोही अनुसार सचिवालयले तयारी गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन २६ पुसमा सभामुख निर्वाचन सूचना जारी गर्ने संसद् सचिवालय तयार छ ।

    सचिवालयका एक अधिकारीका अनुसार २८ पुसमा सभामुखका लागि उम्मेदवारी दर्ता र २९ पुसमा निर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको गठबन्धन बन्दा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालका लागि आधाआधा कार्यकाल सभामुख भागबण्डा गर्ने सहमति भएको बताइन्छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार