Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तराईमा कठ्यांग्रिँदो चिसो : धमाधम बन्द गरिँदै विद्यालय, आन्तरिक उडान ठप्प

काठमाडौं । कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ । आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ । हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको जनाएको छ ।

आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट बाह्यतर्फको उडान भने भइरहेको छ । कठ्याँग्रिदो चिसोका कारण तराईका धेरैजसो विद्यालयमा बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077