Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।

मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा बसेको बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो ।

पार्टीका सचिव रधुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली कुमारी महतो तथा नवगठित सरकारका विना विभागीय मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा सहमतिमै दलको नेतामा महोत्तरी ४ (१ )बाट निर्वाचित यादवलार्ई दलको नेतामा चयन गरिएको हो ।

दलका नेताका लागि आकाङ्क्षी अन्य सांसदहरू रामकुमार लेखी, हरिनारायण महतो र रामचन्द्र मण्डललाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको श्रोतले जनाएको छ ।

मधेस प्रदेशमा २३ सांसद सहित एमाले पहिलो पार्टी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077