काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च भएको छ। बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार ५०० रुपैयाँसम्म कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।