Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अभिनेत्री उपासना फिल्म ‘हात्तीछाप’ को मुख्य भूमिकामा अनुबन्धित

काठमाडौं । ‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म हात्तीछापमा अभिनेत्री उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा  अनुबन्धित भएकी छन् ।

निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ । फिल्मका लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् ।

निर्माता नेपालीले पारिश्रमिक नखुलाए पनि उनको अघिल्लो फिल्म ‘दुई नम्बरी’मा उपासनाले लिएको ६ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ ।

फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् ।

‘दुई नम्बरी’का निर्माता नेपालीले ‘हात्तीछाप’ बनाउन लगेका हुन् ।

फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ भने यसलाई सिमोश सुनुवारले निर्देशन गर्दैछन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माण पक्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077