Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गृहमन्त्री रवि भन्छन् – मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन

    गृहमन्त्री रवि भन्छन् – मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 792
    SHARES

    काठमाडौं । संघीय सरकारका मन्त्रालय फुटाउने कुनै पनि योजना नरहेको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने स्पष्ट पारेका छन् ।

    सत्ताधारी सात दललाई भाग मिलाउन संघीय सरकारका मन्त्रालय फुटाउने चर्चा भइरहेका बेला उप्रधानमन्त्री रविले यस्तो बताएका हुन् ।



    बालुवाटार बैठकपछि प्रतिक्रिया दिँदै उनले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’ वर्तमान संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारमा बढीमा २५ जना मन्त्री बनाउन पाइन्छ। तर गठबन्धन दलहरुले बढीभन्दा बढी मन्त्रालय दाबी गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब परिरहेको छ ।



    यस्तै सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको गृहमन्त्री लामिछाने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार