Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोबाइल फोनका कारण एकै ठाउँ मारिए ८९ रुसी सैनिक

एजेन्सी । । रूसले मोबाइल फोन प्रयोग गरिरहेकाले नै नयाँ वर्षको क्षेप्यास्त्र प्रहारमा आफ्नो फौजका कम्तिमा ८९ जनाले ज्यान गुमाएको दाबी गरेको छ ।

रूसी अधिकारीहरुले प्रतिबन्धित मोबाइल फोनको प्रयोगकै कारण शत्रु अर्थात युक्रेनी फौजलाई आक्रमणको लक्ष्य पत्ता लगाउन सम्भव भएको दाबी गरेका हुन् ।

एकै ठाउँमा यति धेरै सैनिक मारिनुको कारणका रुपमा रसियन सरकारले लापरवाहीपूर्ण व्यवहार र मोबाइल फोनको प्रयोग भएको निष्कर्ष निकालेको छ ।

रूसले युक्रेनको हमलामा ठूलो संख्यामा सैनिक मारिएको स्वीकार्दै यस मामिलामा 'लापरवाही गर्ने अधिकारी'लाई जवाफदेही बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077