Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिजाबबिना खेलेकी इरानी खेलाडीलाई चेतावनी, 'स्वदेश नफर्किनू, जे पनि हुनसक्छ'

एजेन्सी । इरानकी चेस खेलाडी सारा खदीमलाई हिजाब नलगाएको भन्दै धम्की दिइएको छ ।

सारा गत साता काजकिस्तानमा वर्ल्ड र्‍यापिड एन्ड ब्लिट्ज चेस च्याम्पियसिपमा हिजाब नलगाइ प्रतिस्पर्धामा सहभागी भएकी थिइन् ।

स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनी निकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सारालाई फोन गरेर इरान नफर्किन र इरान फर्किए जे पनि हुन सक्ने भन्दै चेतावनी दिइएको बताइएको छ । यस्तै इरानमा रहेका उनका बुवा आमा र परिवारलाई पनि धम्की दिइएको छ ।

सारा भने प्रतियोगिता सकाएर गत मंगलवार स्पेन पुगेकी थिइन् । उनले इन्टाग्राममार्फत उनले आफू उचित समयमा इरान फर्कने बताएकी छिन् । उनले प्रतियोगितामा आफ्नो उपस्थितिबारे सोधिएको प्रश्नको जवाफ इरानी चेस फेडेरेसन र खेल मन्त्रालयलाई नदिने बताएकी छिन् ।

हिजाब नलगाएको आरोपमा सेप्टेम्बरको दोसो साता नैतिक प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको हिरासतमै मृत्युपछि इरानमा अभूतपूर्व ढंगले सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077