Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077