Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तस्करसँग मिलेमतो गरेको आरोपमा खोसियो सई र हवल्दारको जिम्मेवारी

धनगढी । तस्करीको सामान ओसारपसार र हप्ता असुलीमा संलग्न भएको आरोपमा दुई जना प्रहरीको जिम्मेवारी खोसेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसिएको हो ।

सादा पोशाकका प्रहरी प्रमुख रहेका सई सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

उनीहरूलाई सादा पोशाकको जिम्मेवारीबाट हटाएर कार्यालयभित्रै अन्य काममा खटाएको छ। उनीहरूले तस्करहरूसँग मिलेमतो गरेको भन्दै बेनामे उजुरी परेपछि आन्तरिक रूपमा छानविन थालेको हो।

जिल्ला प्रहरी कार्यालयमा सादा पोशाकका प्रहरीका रूपमा कार्यरत चन्द र भट्टले कैलालीका विभिन्न क्षेत्रबाट तस्करीको सामान भित्र्याउने गरेको तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट हप्ता असुली गर्ने गरेको भन्दै कारबाहीको मागसहित बेनामी उजुरी परेको थियो ।

उक्त उजुरीमा व्यक्तिहरुका नामसमेत उल्लेख गर्दै उनीहरुबाट लिइएको रकम समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077