Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल टी-२० लिगमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ

    नेपाल टी-२० लिगमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 474
    SHARES

    काठमाडौं । प्रहरीले नेपाल टी-२० लिगमा अनलाइन बेटिङमार्फत सट्टाबाजी खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् ।



    पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंग्स्बीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि



    अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार