Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जुम्लाको त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका वडा नम्बर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो ।

रारा लिहि बाट जुम्ला खलँगा तर्फ जाँदै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी-१ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २१ वर्षिया आकाश थापा को मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको हो भने आकाश थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताइएको छ ।

अटो तिला ३ श्रीवेणीमा कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077