Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंका विभिन्न सरकारी कार्यालयबाट ३८ जना विचौलिया पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न कार्यालयबाट ३८ जना बिचौलियाहरू पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलियाहरू पक्राउ परेका हुन् ।

बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थित यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनीहरुले सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने र छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077