Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मृतकको हातबाट ब्रास्लेट चोर्ने अस्पतालका गार्ड पक्राउ

काठमाडौं । मृतकको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा अस्पतालका गार्ड पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातबाट ब्रास्लेट चोरी गरेको आरोपमा गार्ड खोटाङको ऐसेलुखर्क–५ ठेगाना रहेका गार्ड २७ वर्षीय कृष्ण राईलाई पक्राउ परेका हुन् ।

पुस १७ गते नारायणगढ-मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्बरको ट्रकको ठक्करबाट प्रदेश–०३–००३ प ६५७४ नम्बरको मोटरसाइकलका चालक घाइते भएका थिए।

तनहुँको भानु नगरपालिका–२ ठेगाना भई भरतपुर–१ मा बस्दै आएका मोटरसाइकल चालक ३७ वर्षीय सञ्जिवबहादुर रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा रहेको अवस्थामा हातमा लगाएको ब्रास्लेट चोरी भएको थियो। मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रास्लेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएका थिए।

अनुसन्धान गर्दै जाँदा उक्त ब्रास्लेट अस्पतालका गार्डले नै चोरी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला आदलतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077