Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : तराईमा बाक्लो हुस्सु, पहाडी भूभागमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसो कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

आज दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ ।

चिसो क्रमिक रुपले बढ्दैगएकाले त्यसबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077