Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२७ मा हिजो बेलुकी गुडिरहेको ट्याक्टरबाट खसेर १ युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २९ वर्षीय दिपक परियार रहेका छन्।

ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट हिजो बेलुकी साढे ७ बजे खसेर परियार गम्भीर घाइते भएका थिए।

घाइते उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा हिजो बेलुकी ८ बजे मृत्यु भएको हो।

ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077