Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनको युद्धविराम घोषणा युक्रेनद्वारा अस्वीकार

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ ।

रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयमा पर्नेगरी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गरेपनि यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले भने अस्वीकार गरेका हुन् ।

युक्रेनी फौजको अग्रता रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चानजिक पुग्न दिनका लागि मात्र मस्कोले युद्धविराम घोषणा गरेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धविराम नमान्ने भनेका हुन् ।

युक्रेनमाथि आक्रमण गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक गरेको युद्धविरामलाई यूक्रेनले कूटिल चाल भन्दै अस्वीकार गरिदिएको हो ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने प्रष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077