Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वडाध्यक्षबाट राजीनामा दिएर माओवादी नेता महरा नेकपा बहुमतमा प्रवेश

कञ्चनपुर । कञ्चनपुरमा एक वडाध्यक्षले पद र आफू निर्वाचित भएको पार्टीबाट राजीनामा दिएका छन्शुक्रबार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडानम्बर–८ का वडाध्यक्ष समेत रहेका माओवादी नेता बहादुरसिंह महरा राजीनामा गरेका हुन्।

शुक्रबार नगरपालिकाको १२औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका हुन्।

उनी बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दोस्रो पटक वडाध्यक्षमा चुनिएका थिए।

यस्तै महराले माओवादी केन्द्रसमेत परित्याग गरेको बताएका छन्। वडाध्यक्ष महराले सामाजिक सञ्जालमा वडा अध्यक्षबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077