Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उच्च अदालत जनकपुरको आदेश - सर्लाहीको हरिवन नगरपालिका-७ मा पुनः मतगणना गर्नू

सर्लाही । उच्च अदालत जनकपुरले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मतगणना गर्न आदेश दिएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई रद्द गरी माघ २० गतेभित्र पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो ।

शुक्रबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले भने, ‘गन्नुपर्ने मत गनिएन, सदर गर्नुपर्ने मत बदर गरियो भन्ने कुरा उठ्यो। मतान्तर पनि एक मतको मात्र देखिएपछि बेन्च कन्भिन्स भएर पुनः मतगणनाको आदेश दिइएको हो ।’

निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार यहाँबाट वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की एक मतले निर्वाचित भएका थिए।

निर्वाचन आयोगका अनुसार कार्कीले ३७९ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापा (अशोक) ले ३७८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077