बुटवल । रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बुटवल–१३ नागरिक टोलका ६० वर्षीय यमबहादुर नेपालको स्थानीय युवाहरूको कुटपिटबाट मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको छ ।
स्थानीय युवा र नेपालको परिवारबीच विवाद भएको र त्यसक्रममा कुटपिट हुँदा मृत्यु भएको बताइएको छ ।
उनका दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।