Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग

    काठमाडौंको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको आकाश जोगिनी पेट्रोलपम्प नजिकै आगलागी भएको छ ।

    टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी छ ।



    आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।



    आगलागी एउटा टहरोको पसलबाट सुरु भएको बताइएको छ । आगलागीको कारण भने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार