Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंको सामाखुशीमा लागेको आगो नियन्त्रणमा

    काठमाडौंको सामाखुशीमा लागेको आगो नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 522
    SHARES

    काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको आकाश जोगिनी पेट्रोलपम्प नजिकै भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौं महानगरपालिका, बालाजु औद्योगिक क्षेत्रबाट, बूढानीलकण्ठ नगरपालिकाबाट र प्रहरीको वाटर क्यानन गरी ४ वटा दमकलहरु र ५ वटा पानी ट्याङ्करहरुसमेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको छ ।



    घटनामा मानवीय क्षति भएको छैन् । क्षतिको विवरण आउन बाँकी रहेको र आगोलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।



    घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको बताइएको छ । आगलागी एउटा टहरोको पसलबाट सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार