Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्ड प्रधानमन्त्री भएकोमा हामीलाई कुनै गुनासो छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभएको बताएका छन् ।

समाजवादीनिकट नेवा मोर्चाको भेलालाई शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका हुन् ।

उनले पहिलेको गठबन्धन भंग गरेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा प्रचण्डबाट बेवास्ता भोग्नुपरेको बताए । अध्यक्ष नेपालले सत्ता समिकरणको खेलमा एमालेले कांग्रेसलाई समेत धोका दिएको बताए ।

नेपालले भने,'एमालेले प्रचण्डजीलाई कुनै हालतमा प्रधानमन्त्री बनाउँदैन,तपाई नै हो भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ । देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो लास्टमा । एमालेबाट धोका खानुभयो,त्यसबीचमा प्रचण्डजीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने भने पनि ढिलो भएपछि केही पार लागेन ।'

सरकारको लागि दावी गर्ने दिनको साढे १२ बजेपछि खेला बिग्रिएको भन्दै नेपालले कांग्रेस सभापति सेर बहादुर देउवाले बालुवाटारको बैठकमा पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन सकिएन भनेपछि सबै बिग्रिएको बताए ।

नेपालले बालुवाटारबाट निस्किने बेलामा केपी ओलीसँग छलफल गरौं भनेकोमा आफूलाई बेवास्ता गरी एक्लै बालकोट गएकोमा आफ्नो आपत्ति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077